
उपरोक्त सम्बन्धमा नेपाल सरकारद्वारा मिति २०८२/१२/२२ गते नेपाल राजपत्रमा प्रकाशित भाग ५ अन्तर्गत गृह मन्त्रालयको सूचना तथा नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागको निर्देशन बमोजिम सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्थाहरूको कार्यालय समय प्रत्येक सोमबारदेखि शुक्रबारसम्म बिहान ९:०० बजेदेखि साँझ ५:०० बजेसम्म कायम गरिएको छ।
उक्त व्यवस्था अनुसार यस प्रगतिनगर सामुदायिक विद्युत सहकारी संस्था लिमिटेड को कार्यालय समय तथा कारोबार देहाय बमोजिम निर्धारण गरिएको व्यहोरा सम्पूर्ण उपभोक्ताहरूलाई जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।
कार्यालय समय तथा सेवा सम्बन्धी विवरण:
१. कार्यालय खुल्ने समय:
प्रत्येक सोमबारदेखि शुक्रबार बिहान ९:०० बजेदेखि साँझ ५:०० बजेसम्म।
२. काउन्टर सेवा समय:
प्रत्येक सोमबारदेखि शुक्रबार बिहान ९:०० बजेदेखि अपराह्न ४:०० बजेसम्म।
३. सार्वजनिक बिदा:
मिति २०८२/१२/२३ गतेदेखि लागू हुने गरी प्रत्येक शनिबार र आइतबार सार्वजनिक बिदा रहने हुँदा उक्त दिनहरूमा कार्यालय बन्द रहने जानकारी गराइन्छ।
यस सम्बन्धमा सम्पूर्ण उपभोक्ताहरूलाई जानकारीका लागि अनुरोध गरिन्छ।






