Main Album » सामुदायिक बिधुत उपभोक्ता राष्ट्रिय महासंघ नेपाल को १९ औं राष्ट्रिय परिषद बैठक सामुदायिक बिधुत उपभोक्ता राष्ट्रिय महासंघ नेपाल लुम्बिनी प्रदेशको कार्यालय तथा प्रगतिनगर सामुदायिक बिधुत सहकारी संस्था लि को प्रधान कार्यालय बुटवल उप महानगर पालिका वडा न ११ प्रगतिनगरमा सम्पन्न भयो । कार्यक्रममा सामुदायिक बिधुत उपभोक्ता राष्ट्रिय महासंघ आवद्ध करिब ३०० संस्था को सहभागीतामा १२ बुदे बुटवल घोषणा पत्र जारी गरेको छ । कार्यक्रममा लुम्बिनी प्रदेश भौतिक तथा पुर्भाधार बिकास मन्त्री माननीय धर्म बहादुर चौधरी को प्रमुख आतिथ्यता तथा नेपाल बिधुत प्राधिकरणका उप निर्देशक मनोज सिलवाल विशेष आतिथ्य ता रहेको थियो । साथै देशभरका सामुदायिक बिधुत संस्था हरु मध्य बाट प्रगतिनगर सामुदायिक बिधुत सहकारी संस्था उत्कृष्ट भइ सम्मानित भएको छ।